काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहीत र निष्पक्ष ढंगले चूनाव गराए आफुहरु सहभागी हुने र जित्ने दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै भयरहीत र निष्पक्ष ढंगले चुनाव गराए आफूहरु सहभागी हुने र जित्ने दाबी गरे ।
अझै पनि एमाले र कांग्रेस एक भएर चुनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए।
उनले नयाँ भनिएका केही दलहरुले आगामी २० बर्षसम्म पनि चुनाव जित्न नसक्ने दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको आरोप लगाए ।
उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सही व्यक्ति आउनुपर्ने उल्लेख गरे । त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद विघटन गरिएको दोहराउदै प्रतिगमन सच्चाउन संसद् पुनस्र्थापना हुनैपर्नेमा जोड दिए।
उनले भाद्र २३ र २४ गतेको घटना लामोसमयदेखिको तयारीको उपज भएको बताए । उक्त घटनामा जनेजी युवाहरुको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधिहरुले तोडफोड र आगजनी गरेको बताए ।


0 comment