काठमाडौ :भारतको कोलकातामा जनवरी ३ र ४, २०२६ मा सम्पन्न ३४औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्।
प्रतियोगितामा ५० केजी तौल समूहमा रोसिका श्रेष्ठले स्वर्ण पदक जितिन्। त्यस्तै ५५ केजीमा सुमिना श्रेष्ठ, २५ केजीमा जिसन बल, ६५ केजीमा सुरज सुबेदी तथा ३५ केजीमा क्लेन महर्जनले स्वर्ण पदक हात पार्न सफल भए।
उक्त प्रतियोगितामा नेपाली टोलीले कुल १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाली खेलाडीहरूको यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कराते खेलको साख थप मजबुत बनाएको छ।


0 comment