काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरे।
शीर्ष नेताहरूलाई लक्षित गर्दै लामिछानेले कटाक्षपूर्ण शैलीमा भने, आफूलाई कमजोर पार्न निरन्तर प्रयास भइरहेको छ। उनले भने, “मलाई त साढे ६ फिटको खाल्डो खने पुग्छ भनेको थिएँ, तर तपाईंहरूले झन् ठूलो खाल्डो खन्नु भयो, तपाईंहरूलाई नपुरी सुखै छैन ।’
उनको भनाइले आफूविरुद्ध भइरहेका गतिविधि नियोजित र प्रतिशोधपूर्ण रहेको संकेत गरेको छ।


0 comment