काठमाडौं -  एमाले उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकभएर निर्वाचनमा जाने विषयमा छलफल चलिरहेको बताएका छन् । 

सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड रहेको उनले बताए ।

भट्टले कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना पनि बढ्दै गएको बताउँदै यसका लागि नेतृत्वका बीचमा छलफल चलिरहेको बताए । उनले भने,‘  राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन,सम्पर्क गाढा भइरहेको छ ।’

त्यसै स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको उनको भनाइ छ ।