काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले र कांग्रेसले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

मदन- आश्रित स्मृति प्रतिष्ठानले मंगलबार  काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष थापाले मुलुक संकटमा फसेको बेलामा निकास दिन कांग्रेस-एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए।

उनले मुलुकमा निर्वाचनको माहौल सिर्जना भइसकेकाले मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सकिने बताए । उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा समेत राखे।  कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो।