काठमाडौं - उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्ने आवश्यतामा जोड दिनुभएको छ ।
सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणाली शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलितहरु अझै पनि शिक्षा, स्वास्थ्य, राजनितिक आदिमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेकाले उनीहरुलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।
दलित– दलितबीच नै विभेद र छुवाछुत रहेको अवस्थामा यसलाई हटाउन आयोगको अग्रसरताको खाँचो रहेकोमा उनले जोडदिए । उनले समाजमा विद्यमान विसङ्गति र भेदभावलाई अन्त्य गर्ने चुनौतिहरुलाई समाधान गर्न दलित आयोग कटिबद्ध भएर लाग्नुपर्ने बताए ।
पञ्चवर्षीय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढिकरण, नीति तथा कार्यक्रमको कार्यान्वयन, जातिय भेदवाद र छुवाछुत अन्त्य गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


0 comment