काठमाडौं —जय मातृभूमि पार्टीको दोस्रो केन्द्रीय समितिको बैठक पार्टीका वरिष्ठ नेता क्या.के.वि. लिम्बुको अध्यक्षतामा बसी समसामयिक राजनीतिको समीक्षा गर्नुका साथै प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको उम्मेदवार छनौट टुंगो लगाउने विषयमा गम्भिर छलफल ग¥यो । यसैगरी पार्टीले विचार मिल्ने पार्टीहरुसँग तालमेल गरेर चुनावी मैदानमा जाने निर्णय पनि ग¥यो । निर्वाचनलाई आन्दोलनकै रुपमा लिएर भ्रष्टाचार, बेथिति, कुशासन, सामाजिक विकृति, राष्ट्रघात जस्ता कुराको भण्डाफोर गर्ने निर्णय गरेको छ ।

    जय मातृभूमि पार्टीमा पूर्व सुरक्षाकर्मीहरु, विभिन्न क्षेत्रका विज्ञ, सुशासन अभियन्ता र युवाहरु सम्मिलित रहेकोले पार्टीमा यस क्षेत्रका व्यक्तित्वहरु प्रवेश गर्ने क्रम समेत तीव्र रुपमा बढेको छ । नेपाल आर्मीको पहिलो पि.एच.डि.प्रा.डा.जनरल नर्वदा थापालाई पार्टीको केन्द्रीय नेतृत्वमा स्वागत गरिएको छ । यसैगरी समाज रुपान्तरण अभियानसँग जय मातृभूमि पार्टीको एकता भएको छ । एकता पछिको बैठकमा अभियानका नेता कृष्णराज राईलाई पार्टीको केन्द्रीय सचिवालयको उप—महासचिव पदको जिम्मेवारी दिदैं स्वागत गरिएको छ भने दुतराज लामा र राजन पुरीलाई केन्द्रीय सदस्यको जिम्मेवारी सहित स्वागत गरियो ।
    पार्टीले निर्वाचन केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी पार्टीको भातृसंगठन युवा मातृभूमि शक्ति (युमाश) को संगठन देश व्यापी बनाउन चाडै राष्ट्रिय भेलाको तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको बैठकलाई वरिष्ठ नेता क्या.के.वि.लिम्बु, वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, प्रथम उपाध्यक्ष धन बहादुर थापा र महासचिव गोविन्द गिरी लगायत नेताहरुले सम्वोधन गर्नु भएको थियो ।