काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्।  बिहीबार ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा झण्डै एक घण्टा छलफल भएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयासका रूपमा उक्त छलफल भएको बताइएको छ।

वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे प्रश्न गर्दा लामिछानेले ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै थप प्रतिक्रिया दिन चाहेनन्।

छलफलको औपचारिक निष्कर्ष सार्वजनिक नगरिए पनि आगामी राजनीतिक सहकार्य र नयाँ शक्ति एकीकरणका सन्दर्भमा यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

छलफलमा जेन–जी अभियन्ता सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव सहभागी थिए भने उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह, सुनिल शर्मा लगायतको पनि उपस्थिति रहेको थियो।