काठमाडौं - राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते पार्टी एकता घोषणा कार्यक्रम हुने भएको छ । त्यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा, नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

राप्रपा पार्टी कार्यालय धुम्बराहीमा सहमतिपत्रमा हस्ताक्षर गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोडेका थिए ।