काठमाडौं - मधेस प्रदेशको सभाभुखमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने विपक्षमा २४ मत परेको थियो। 

उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्र प्रसाद सिंहको प्रस्तावमा मतदान गरेकाले यादव सभामुखमा निर्वाचित भएको घोषणा गरिन्।

एमालेका त्रिलोकी प्रसादले पनि सभामुखमा उम्मेदवारी दिएका थिए। मतदानमा ९६ जना सांसद् उपस्थित थिए।