काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीलाई सम्बोधन गरेका छन् ।

सम्बोधनमा उनले चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ भन्दै मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ भने ।

रिहा भएको भोलिपल्टै भरतपुरको चौबीसकोठीमा पुगेर नेपालको झन्डा फहराउँदै उनले विशेष सम्बोधन गरेका हुन् ।

चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको  समेत बताए ।

चितवनमा विशेष सम्बोधन लगत्तै रविले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौं आउँदै छन्। काठमाडौँ आएर आजै जेन जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ।

भोलि दिउँसो ३ बजे लामिछानेलाइ पार्टी केन्द्रीय कार्यालय वनस्थली स्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ।