काठमाडौं - हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ । अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गरी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि निलम्बन गरिएको जानकारी गराएका छन् ।
अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट लामालाई निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । लामालाई मंगलबार काठमाडौंको कपनबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।


0 comment