काठमाडौं - राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले काठमाडौं–४ बाट १० जनाको नाम सिफारिस गरिएको छ।  क्षेत्रीय समितिको बुधबार बिहान बसेको बैठकले  माघ ११ गते हुने निर्वाचनका लागि नाम टुंगो लगाएको हो।

सिफारिस सूचीमा  सुदर्शन आचार्य, उमेश थानी,अरुणकुमार सुवेदी, कर्माछिरिङ शेर्पा, दिव्यमणि राजभण्डारी,अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, शशि रिमाल र नर्मदा पोखरेल रहेका छन्।

पार्टी भित्रको भागवन्डाको आधारमा नाम सिफारिस भएका छन् ।