काठमाडौँ: काठमाडौँका प्रहरीले काठमाडौको विभिन्न स्थानबाट धमाधम हुन्डी कारोबारी पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले दिएका निर्देशन बमोजिम उत्कृष्ट कार्य गर्दै मातहतका प्रहरीहरूले काठमाडौँका विभिन्न ठाउँबाट हुन्डी कारोबारी धमाधम पक्राउ पर्न थालेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–९ का ३४ वर्षिय सरोज श्रेष्ठ रहेकाछन। 

प्रहरी वृत्त कालिकाटीबाट लखटिएका प्रहरीले काठमाडौंको कुलेश्वरबाट ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। 

हुन्डी कारोबारको सूचनाका आधारमा उनलाई पक्राउ गरिएकोहो । हुन्डीसम्बन्धि कसुरमा प्रहरीले अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर कठमाडौका प्रबक्ता प्रहरी उपरीक्षक  पवन कुमार भटटराइले जानकारी दिनु भयो ।