काठमाडौं - प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ।

कांग्रेसले पूर्वमहान्यायाधिवक्ता खम्म खातीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद् पुनर्स्थापनाको मागसहित वारेसमार्फत खम्मजीलाई अदालत पठाएको बताए ।

यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गराइसकेको छ। यसमा संवैधानिक इजलासमार्फत प्रारम्भिक सुनुवाइ पनि भइसकेको छ । पुनर्स्थापनाको माग गरी दायर गरिएको सबै रिटलाई एकै ठाउँमा राखेर अन्तिम निर्णय दिने  सर्वोच्चको तयारी छ ।

संसद् विघटनको संवैधानिकता र पुनर्स्थापनासम्बन्धी मुद्दा अब सर्वोच्च अदालतमै टुंगो लाग्नेछ।