काठमाडौं - मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कणले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
सात दलीय गठबन्धनका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबार दाबी पेश गरिएपछि यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
सात दलीय गठबन्धनमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी नेकपा, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेको छ। नवनियुक्त मुख्यमन्त्री यादवले छलफलपछि मन्त्रालयहरूको टुङ्गो लाग्ने बताए ।


0 comment