काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई मधेसको मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धनबीच सहमति जुटेको छ ।आज भएको छलफलमा कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ। यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले दाबी पेश गर्न आज साँझ सम्मको समय दिएका थिए ।


0 comment