काठमाडौं—अभियन्ता खगेन्द्र सुनार सभापति रहेको हाम्रो पार्टी नेपालले पार्टी घोषणा सभा गरेको । एक भव्य कार्यक्रम गरी हाम्रो पार्टी नेपालले पार्टी घोषणा गरेको हो । घोषणा सभामा सभापति खगेन्द्र सुनार सहित सबै पदाधिकारीहरु सार्वजनिक गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै सभापति सुनारले देशले हार्नु हुँदैन दलितले हार्नु हुँदैन जेनजीले हार्नु हुँदैन तर हामी हार्न तयार भएर आएका छौं भने । सभापति सुनारले अरुको पार्टीमा इन्जीनियर डाक्टरहरु होलान तर हाम्रो पार्टीमा अन्याय र अत्याचारमा परेका पारिएका दलित गैर दलितहरुको परिवार सदस्य रहेको कुरा पनि खुलस्त पारेका छन । जातिय विभेदमा मारिएका सेते दमाइका परिवार जातिय विभेदको सिकार भएका नवराज विकहरुका परिवारलगायतका व्यक्तीहरु हाम्रो पार्टीमा रहेको सनारको भनाई छ । दलितले पार्टी खोलेर चुनावी मैदानमा प्रतिस्प्रदाको लागि अगाडी आउनु नै ठूलो कुरा भएको उनको जिकिर थियो ।

हारेपनि बाहिर बसेर हैन रिङ्गभित्र नै हार्ने हो हामीलाई एक दिन दिनु हामी वर्षौ दिन्छौ सुनारको आग्रह थियो । यो पार्टी दलितको मात्रै हो भन्नेहरु पनि धेरै छन तर त्यसतो हैन यो पार्टीमा सबै जातका अन्यायमा परेका मानिसहरु भएको पनि सुनारले खुलाए । ६० लाख दलितले हामीलाई साथ दिनेमा हामी ढुक्क छौं देशैभरी चुनावी अभियानमा आगामी दिनमा जुटने सनारको उदघोष थियो । पूराना ठूला भनिएका दलबाहेक सबै राजनीतिमा उदाउन खोजेको परिवर्तनका लागि लागि केही गरौं भन्ने हुटहुटी भएका नयाँ दलहरुसँग हाम्रो गठबन्धन हुन्छ उनले भने । हामी आफू बन्न आएका हैनौ वर्षौदेखि पिडामा पारिएका जनतालाई बनाउन आएका हौं ।