काठमाडौं - नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने भएको छ ।

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । 

बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । जसअनुसार काग्रेस आगामी फागुन २१ मा हुने निर्वाचनमा नयाँ नेतृत्वको साथ चुनावी मैदानमा जाने भएको छ ।बैठक लामो समयसम्म अनिर्णयको बन्दी भनेको भन्दै चर्को आलोचना हुँदै आएको थियो ।