काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले सरकारको पहिलो दायित्व आम नागरिकलाई खोप उपलब्ध गराउने रहेको बताएका छन्। सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। उनले भने, ‘भ्याक्सिन सरकारको पहिलो दायित्व हो। ठूलो संख्यामा नेपाली जनताले खोप लगाइरहेका छन्।’
उनले कोरोना भाइरसको नियन्त्रण गर्न स्मार्ट लकडाउन गरिएको बताए। 'भीड नियन्त्रण गरेर संक्रमितको पहिचान गर्न सरकार प्रतिबद्ध छ। सशस्त्र प्रहरी बलले पनि कोरोना रोकथाममा भूमिका खेलेको छ। सशस्त्र प्रहरी बलले विषम परिस्थितिमा पनि राष्ट्र र जनताको सुरक्षाका लागि कटिबद्ध भएर लागिरहेको छ। सीमित स्रोत र साधनका बावजुत पनि आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्दै आइरहेको छ,' सम्बोधनको क्रममा उनले भने।
0 comment