काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताएका छन् । बिहीबार विराटनगरमा आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्कको ८ औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्।
नेता गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताए । उनले कर्मचारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकार तयार हुनुपर्नेमा जोड दिँदै कृषि विकास बैंकले किसानलाई सहयोग गर्नुपर्ने बताए ।


0 comment