काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा घोषणा सभा मार्फत औपचारिक रुपमा एकता गरिने जनाइएको छ ।
वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस गरेर नै रास्वपासँग एकीकरण गर्ने निर्णय गरिएको विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले बताए ।
पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरू भने दुवै दलका नेतृत्वले टुंगो लगाउने बताइएको छ । जेनजी आन्दोलनपछि दलहरु पनि धमाधम थपिँदै छन् भने पुराना तथा नयाँ दलहरुबीच एकता हुने क्रम पनि बढिरहेको छ ।


0 comment