काठमाडौं - बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति),जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन् ।

राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२: ३० बजे कार्यक्रम हुनेछ ।  यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको बताईएको छ ।

नयाँ शक्तिले विवेकशील साझा,नागरिक उन्मुक्ति पार्टी नेपाल,जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि छलफल जारी राखेको बताएको छ ।