काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै, देशलाई छिटै संवैधानिक बाटोमा फर्काइने बताएका छन्।

शनिबार पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तरिकाले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको बताए। अब देशलाई छिटै संवैधानिक बाटोमा फर्काइने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘अराजकताको राज लामो समय टिक्ने छैन। अहिलेको स्थिति अन्त्य गर्न हामी छिटै अघि बढ्नेछौं।’ उनले प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको भन्दै, त्यसलाई तत्काल पुनःस्थापना ग उनले जेन-जी आन्दोलनको नाममा केही व्यक्तिहरूलाई तालिम दिइ, घृणा फैलाउने काम भइरहेको दाबी गरे।

अध्यक्ष ओलीले पार्टीको कार्यक्रमलाई असफल बनाउन नियोजित प्रयासहरूको विरोध गरे। ‘एमालेलाई निषेध गर्ने क्रम जारी रह्यो भने त्यो सैह्य हुनेछैन,’ उनले स्पष्ट पारे। उनले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई सरकारको नाटक मात्रै भएको भन्दै निर्वाचन हुने भन्ने भ्रम नपाल्न आग्रह गरे।

अध्यक्ष ओलीले अदालतको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुने पनि बताए।