काठमाडौं - मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आज पनि बिहानै देखि मधेश प्रदेश भवन अगाडि धर्नामा बसेका छन् ।
आज उनीहरु नेपालको झण्डा सहित धर्नामा बसेका छन् ।
असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्ति लगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनमा छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसहित सात दलले मुख्यमन्त्री खारेजीविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्ष बीच छलफल पनि हुँदैछ ।
सडकदेखि सर्वोच्च अदालतसम्म सात दलले मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति पछि राजनिती अशान्ति छ ।


0 comment