काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट राजीनामा दिएका छन्। 

कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउँदै परियारले अब छुट्टै अभियान सुरु गर्ने बताए।

नेतृत्वमाथिको असन्तुष्टि बढ्दै गएपछि उनले अन्ततः पार्टी परित्याग गरे। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको समयमा परियार पनि सक्रिय थिए। उनले चितवनको विस्तारित बैठकमा विशेष महाधिवेशनको माग प्रस्तुत गरेका थिए।

यसअघि पनि रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्। उनी अहिले नयाँ दलमा आबद्ध हुन खोज्दै छिन् ।