काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ ।

नेपालका चार पार्टी मिलेर  २०८० सालमा समाजवादी मोर्चा निर्माण गरिएको थियो  । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको थियो । र केही महत्वपुर्ण काम गरेका छौं । तर जुन रफ्तारमा काम हुनुपर्ने हो त्यो सम्भव भएन  विप्लवले भनेका छन् ।
 
पार्टी महासचिव विप्लव सीका नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेर बदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँछौं ।’