काठमाडौं - रातारात नियुक्त भएका एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशका मुख्य मन्त्रीको पदमा जनकपुरबाहिर एक होटेलमै शपथ ग्रहण गराइएको छ ।
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ ।


0 comment