काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हाम्रै भूमिमा समाजवाद निर्माण गर्ने बताएका छन् ।१० कम्युनिस्ट घटकको पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । एकीकृत दलको नेतृत्व गर्नु पनि आफ्ना लागि निकै ठूलो जिम्मेवारी भएको पनि उनले बताए ।
राष्ट्र बचाउनको निम्ति एमालेसँग पनि हातेमालो गर्न तयार छौं,प्रचण्डले भने । बामपन्थी कम्युनिस्ट मिलेर मात्र पनि हुँदैन यहाँ लोकतन्त्र,गणतन्त्रको रक्षाको पक्षमा आवाज उठाउनेहरुसँग पनि एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
जेनजी युवा पुस्ताहरुले भ्रष्टाचारकाविरुद्ध र सुशासनको पक्षमा आवाज उठाएको र आफूहरुको कमजोरीलाई उजागर गरेको भन्दै धन्यवाद दिए । पार्टीहरु सच्चिनुपर्छ भन्ने ती युवाहरुलाई सम्मान समेत गरे ।
युवा पुस्तालाई पार्टी संरचनामा मात्र होइन राजनीतिक तहमा पनि उच्च स्थानमा राख्ने प्रचण्डले प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ नेता बामदेव गौतमले समाजवाद निर्माण र उत्पादनमुखी राजनीतिमा जोड दिएका थिए । यसको जवाफमा प्रचण्डले भने,‘उत्पादनको जिम्मा बामदेव गौतमलाई नै दिने सोच्दैछु’
उनले भने,‘तपाईंले लेखेको पुस्तक पढ्दैछु, मेरो त जेनजी आन्दोलनमा आगजनीमा जले’ सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्ने बताए ।


0 comment