काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्ति सुरक्षाका लागि राज्यले बल प्रयोग गर्दा त्यसलाई अपराध भन्न नमिल्ने बताएका छन् । प्रेस चौतारी नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शान्ति सुरक्षा कायम गर्नु राज्यको दायित्व भएको बताए ।

जेनजी आन्दोलनमा घुसपेठ भएको बताउँदै उनले राज्यका सम्पत्ति ध्वस्त पार्ने काममा उनीहरुको भूमिका हुनै नसक्ने बताए । उनले जेनजी आन्दोलनमा भएका आगजनी,लुटपाटका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । तर अहिले सरकारले गठन गरेको आयोगबाट त्यो सम्भव नहुने पोखरेलको भनाइ थियो ।

नेपाल प्रहरीको मनोबल उच्च नभएसम्म सुरक्षाको प्रत्याभूत सक्दैन उनले भने ‘सरकारले सबैभन्दा पहिला नेपाल प्रहरीको मनोबल उच्च बनाउनु पर्नेपर्छ ।’ उनले नेकपा एमालेले आगामी दिनमा लागेका कार्यक्रमहरुको बारेमा समेत जानकारी गराए । एमाले सधै युवाको साथमा रहेको भन्दै उनले  जनताले कहिले पनि अराजकता र लुटपाटलाई साथ नदिने बताए ।