काठमाडौं - नेकपा (एकीकृत समाजवादी) भित्र फेरि नयाँ समूह गठन भएको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूहभित्र पनि फूट परेको छ।
नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरू अब झलनाथ–घनश्याम समूहमा नरहेको स्पष्ट पारेका छन् । श्रेष्ठका अनुसार, उनीसँगै रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, र अर्जुन राईलगायत नेताहरूले छुट्टै छलफल थालेका छन्।
श्रेष्ठले भने, ‘माधव नेपालले माओवादीमा जाने निर्णयमा हामी असहमत छौं।’श्रेष्ठले सम्भावित अर्को विकल्पका रूपमा एमालेमै फर्कने सम्भावना पनि खुला रहेको संकेत गरे। ‘एमालेले सहज वातावरण बनाए हामी पुरानै घर फर्कन सक्छौं, ’ उनले भने, ‘ देशभरबाट करिब सय जना नेताहरू फर्कने तयारीमा छन्।’


0 comment