काठमाडौं - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको पार्टी एकता प्रक्रियामा हतार नगर्न अपिल गरेका छन्।

उनले दुई पार्टीबीचको सम्भावित एकता केवल संगठनात्मक मिलन होइन, बरु समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको प्रस्थानबिन्दु हुनुपर्छ भन्नेमा जोड दिएका छन्।  एकता प्रक्रियामा विभाजन नहुने सुनिश्चिततासहित अघि बढ्नुपर्ने श्रेष्ठले बताए।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्,‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’

श्रेष्ठले दुवै दलका नेताहरूलाई धैर्य, सहमति र साझा दृष्टिकोणका आधारमा एकता अघि बढाउन आग्रह गरेका छन्।