नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफूप्रति व्यक्तिगत दुश्मनी देखाएको आरोप लगाएका छन्।
बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले यस्तो दाबी गरेका हुन्।
हिजो एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिने समेत उल्लेख गरे।
सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीले बताए । सरकारले जनेजी भनिएकाहरुलाई बोलाए तिमीहरु हामीलाई थप दबाब देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ। गिरफ्तार गर्छौं भनेर सिकाएर पठाउनुहुन्छ, ओलीको आरोप थियो ।


0 comment