काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् ।
आज नेपाल संवत्को अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले
आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ।
प्रधानमन्त्री कार्कीले प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको बताउँदै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा रहेको बताइन् ।
निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन भन्दै नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व अहिलेको सरकारमाथि रहेको बताउनुभयो । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको बताईन् ।
लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न अपिल समेत गरिन् ।
यसका लागि समाजका सबै पक्षको उत्तिकै भूमिका रहेकोले यसमा सहाकार्य गर्न र सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरिन् । उनले भनिन् , समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ।


0 comment