काठमाडौं - यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६७ अङ्कले बढेर दुई हजार ५०३.८५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ ।

आज विकास बैंक समूह शून्य.२१, म्युचुअल फण्ड शून्य.१३ र निर्जीवन बिमा समूह शून्य.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य.८७, वित्त शून्य.५१, होटल तथा पर्यटन शून्य.७२, जलविद्युत् शून्य.७०, लगानी शून्य.७५, जीवन बिमा शून्य.३३, उत्पादन तथा प्रशोधन शून्य.९०, लघुवित्त शून्य.४७, व्यापार शून्य.९० र अन्य समूह एक.१६ प्रतिशतले बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी हिमालयन ८०-२० को शेयर मूल्य छ.१० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोेड १० लाख ९४ हजार ३६५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको तीन लाख ४४ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ ।