काठमाडौं - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । 

उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेको बताइएको छ । ८० वर्षका किरणले शारीरिक रूपमा काम गर्न नसक्ने भर्चुअल मार्फत जानकारी गराउनुभएको थियो  ।  उनको स्थानमा पार्टीले सिपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पुष्प कमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी नेकपा माओवादी बनेको थियो । किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए ।