नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी,तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी गरेका छन्। उनले यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको समेत बताएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापान कार्यक्रममा उहाले यो देशमा एमाले भएका कारण शान्ति सुव्यवस्था कायम रहने बताउदै जेनजीको आन्दोलनमा गोली चलाउन लगाएर शान्ति सुव्यवस्था बिगारेको बताउनुभयो । उनले यो आन्दोलनमा आफूलाई फसाउन खोजेको समेत दाबी गरेका छन् ।
लुटिएका प्रहरीका १२ सय हतियार, एक लाख गोली, साढे पाँच हजार कैदी बन्दी फिर्ता नभएसम्म निर्वानचनमा भाग नलिने समेत अध्यक्ष ओलीले बताए । बंगलादेशमा पनि जेनजीले आन्दोलन गरेर ७५ वर्षकालाई हटाएर ८५ वर्षकालाई देशको जिम्मा दिएको भन्दै उनले त्यहाँको जेनजी आन्दोलन समेत कहाँ गयो भन्दै प्रश्न गरे ।
उनले यो निर्वाचन नहुने बताउँदै संसद् पुन: स्थापनाको विकल्प नभएको बताए । अहिले अपराधीहरू फरार रहेकाले जनता असुरक्षित भएको समेत उनले बताए ।
नेपाली झन्डा ओढेर जेनजीले सिंहदरबारमा आगो नलगाएको बताउँदै अध्यक्ष ओलीले जेनजीको गालामा कसैले काँक्रोको बियाँ टाँसी दिएको बताए । उनले त्यो बियाँ टाँसिदिनेहरूलाई खोज्नुपर्ने समेत बताए ।
जेनजीहरुले देश राम्रो बनाउन चाहे पनि बर्बाद बनाइएको बताउँदै अध्यक्ष ओलीले जसलाई सुरक्षा चाहिएको छैन उसलाई राम्रो सुरक्षाको व्यवस्था भएको तर चाहिनेलाई नभएको बताए । उनले अहिले सिङ्गो देश त्रसित मनस्थितिमा रहेको समेत अध्यक्ष ओलीको भनाई छ ।


0 comment