काठमाडौं - नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् । ।
पूर्वमन्त्री समेत रहेका साहले पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको बताए ।
उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।
साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरेका छन् । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।


0 comment