काठमाडौं - नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन्।
शुक्रबार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वाधिनतामा यस्तो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनि राजनीतिक संकट कायम रहेको बताए ।
अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गरे । अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गरे । फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताए । उनले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे ।


0 comment