काठमाडौं - नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी फागुन २१ गते हुने चुनावमा आफ्नव पार्टीले भाग लिने बताएका छन् ।  

आज  पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै  प्रचण्डले हामीले चुनावमा जाने  र  यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गर्ने निर्णय गरेको बताए ।  

संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको समेत बताए ।

तोकिएको मितिमा नै निर्वाचन हुनुपर्नेमा पार्टीको जोड रहेको बताउदै अन्य सबै  राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे ।