काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरू बाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरेको छ । आज विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन समेत अनुरोध गरिएको छ ।
विज्ञपतिमा भनिएको छ जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यस पटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टी पंक्तिमा अनुरोध समेत गरेको छ ।


0 comment