काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुरक्षा दिनुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका हुन् ।असुरक्षाको वातावरण सिर्जना गरेर सरकारमा जाने,अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ? ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले प्रश्न गरे,अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ । अहिले सरकार के हेरेर बसेको छ ?
उहाले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाएको आरोप लगाउदै असन्तुष्टि समेत जनाएका छन् । विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको भ्रमहरू फैलाएको समेत बताएका छन् ।
अध्यक्ष ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।


0 comment