काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु,अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो ।
यसैगरी वि सं २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने तथा जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्य तथ्य छानबिन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ ।
त्यस्तै भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआए सम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने लगायतका निर्णयहरु बैठकले गरेको छ ।


0 comment