काठमाडौं - जनमत पार्टीबाट कारबाहीमा परेका  नेताहरूले आज नयाँ पार्टी घोषणा गरेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट उनीहरुले नयाँ पार्टी खोलेका हुन् । पार्टीको नाम  'जनस्वराज' राखिएको  ।

सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टीको  अध्यक्ष कसैलाई नबनाएको बताईएको  छ  ।

पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ ।  राजनीतिक संगठन विभाग, आर्थिक विभाग र   प्रशिक्षण विभाग गरी तीनवटा विभाग बनाईएको छ ।  

जेनजी आन्दोलनपछि डा.सीके राउत अध्यक्ष रहेको पार्टी जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । तर उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् ।

यो पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने लगायत उद्देश्य बोकेको बताईएको छ ।