काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
छापावाल सुनको मुल्य आज तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्य सूची अनुसार सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ ।
हिजो सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ थियो ।
हिजो तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको छ ।


0 comment