काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गरेका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।