काठमाडौं - गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टीकाटिप्पणीप्रति स्पष्टीकरण दिएका छन् ।
सङ्घीय संसद् सचिवालयको परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सम्पत्तिका बारेमा आएका समाचारको खण्डन गर्दै सार्वजनिक भएको विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुवाको पालाको भएको र अहिलेसम्म अंशबण्डा नभएकाले सोही अनुसार देखिन आएको स्पष्ट पारे । साथै उनले पैतृक सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न सञ्चारजगत् र सर्वसाधारणमा अनुरोध समेत गरेका छन् ।
उनले भने,‘अविभाजित अवस्थामा रहेको पारिवारिक सम्पत्तिलाई नै कानुनी प्रक्रिया अनुसार विवरणमा समावेश गरेको हुँ ।’ सार्वजनिक जवाफदेहीको पदमा रहेकाले आफू पारदर्शिताप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता विषयमा सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीको ध्यानाकर्षण समते गराए ।



0 comment