लागूऔषध कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ०४ कमलडाँडा स्थित जिल्ला जिल्ला उदयपुर गढी नगरपापालिका वडा नं. १ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ४ कमलडांडामा डेराकोठा भाडामा लिई बस्ने वर्ष २४ को दिल बहादुर सार्की र वडा नं. १ चौकीटोल बस्ने वर्ष २४ को कुमार लो लाई पक्राउ गरेको हो।
पक्राउ परेका माथि खानतलासी गर्ने क्रममा स्टिलको बाकसमा चप्पल भित्र लुकाई छिपाई राखेको अवस्थामा ६ ग्राम ७२० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो।
उनिहरुबाट लागूऔषध बरामद गरी दिल बहादुर सार्की र कुमार लो माथी सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनु भयो।


0 comment