काठमाडौं - विकास हाइड्रोपावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

२९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । आईपीओ छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गते निष्कासन बन्द हुनेछ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।