काठमाडौं - आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ । ‘क्या दामी छ !’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेटजस्ता आकर्षक विशेषता छन् ।
आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधिप्रेमी र व्यवसायीहरूको आवश्यकताअनुसार डिजाइन गरिएको बताइएको छ । आईपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ ।
फोनमा ६.७ इन्चको एचडीप्लस डट-इन डिस्प्ले छ । जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ । ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ । युनिसोक टी ६०३ अक्टा-कोर प्रोसेसरसहित ८ जीबी र्याम (४ जीबी प्लस ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ ।
फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन् । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन् ।
यसमा फोरजी भीओएलटीई, जीपीएस, वाईफाई २.४, ब्लुटुथ ५.०, एफएम र टाइप-सी कनेक्टिभिटी छन् । फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ । जसले नयाँ अनुभव प्रदान गर्छ ।
आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेसियर ह्वाइट र वेभ ब्लु गरी तीन रंगमा उपलब्ध छ । कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ ।
नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रमार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ ।


0 comment